Kathmandu Press

‘सिधा कुरा’ले  अदालतको अवहेलना गरेको ठहर, सम्पादकसहित तीनै जनालाई कैद सजाय [फैसलाको पूर्णपाठसहित]

सर्वोच्चले ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन–प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३–३ महिना कैद सजाय सुनाएको छ।
‘सिधा कुरा’ले  अदालतको अवहेलना गरेको ठहर, सम्पादकसहित तीनै जनालाई कैद सजाय [फैसलाको पूर्णपाठसहित]

काठमाडौं, असोज १३ : अनलाइन न्युज पोर्टल ‘सिधा कुरा डटकम’ले अदालतको अवहेलना गरेको ठहर गरेको छ। 

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना गरेको ठर गर्दै ‘सिधा कुरा डटकम’का सम्पादकसहित तीन जनालाई कैद सजाय सुनाएको छ। 

Hardik ivf

सर्वोच्चले ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन–प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३–३ महिना कैद सजाय सुनाएको हो।
 
सिधा कुरा अनलाइनलाई ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। सर्वोच्चले अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसला पनि गरेको छ। 

लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा बृहत् पूर्ण इजलासले गरेको छ। 

यस्ते, तिमल्सिनाको हकमा भने तोकिएको सजाय भुक्तान गर्नै पर्ने छ। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दाको किनारा लगाएको हो।

यस्ताे छ फैसला

प्रकाशित मिति: २१:१५ बजे, आइतबार, असोज १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्