एकतर्फी खुल्यो झ्याप्ले खोलामा सडक, काठमाडौं भित्रने सवारी साधनमात्र चल्ने
'अहिले काठमाडौं इन् हुने सवारी साधनहरू मात्र चल्छ,' उनले भने।
काठमाडौं, असोज १३ । नागढुंगा-नौबिसे सडक एकतर्फी खुलेको छ।
झ्याप्ले खोलाको पहिरो आंशिक पन्छाइएसँगै आइतबार बेलुकादेखि नै सञ्चालन हुनेगरी सडक एकतर्फी खुलेको नागढुंगा प्रहरी प्रभागका इन्स्पेक्टर हेम थपलियाले जानकारी दिए।
एकतर्फी खुलेको सडकमा काठमाडौं भित्रने क्रममा रोकिएका सवारी साधनहरू मात्र चल्न दिइने इन्स्पेक्टर थपलियाले जानकारी दिए।
'काठमाडौंबाट बाहिरिने सवारी साधनहरूलाई नागढुंगामै रोकिएका छन्। अहिले काठमाडौं इन् हुने सवारी साधनहरू मात्र चल्छ,' उनले भने।
सवारी साधन दुईतर्फी सञ्चालन हुनेगरी पहिरो पन्छाइसक्न भने अझै केही समय लाग्ने उनले बताए। त्यतिन्जेलका लागि काठमाडौंबाट बाहिरिने यात्रुहरूलाई रोक लगाइने छ।
झ्याप्ले खोलामा शनिबार खसेको पहिरोमा परी चार वटा गाडी पुरिएका थिए। चारवटा गाडी पुरिएको स्थानबाट ३५ जनाको शव निकालिएको छ।
प्रकाशित मिति: २०:५२ बजे, आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












