Kathmandu Press

१४ जिल्लाका २५ स्थानमा रेकर्ड ब्रेक वर्षा, कहाँ कति पानी पर्‍यो ?

काठमाडौंमा ५३ वर्षयताकै ठूलो वर्षा
१४ जिल्लाका २५ स्थानमा रेकर्ड ब्रेक वर्षा, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं, असोज १३ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाको हावापानी विश्लेषण शाखाले शनिबार चौबीस घन्टाको अवधिमा परेको पानीको विश्लेषण गरेको छ।

शुक्रबारदेखि अनवरत परेको पानीको तुलनात्मक विश्लेषण शाखाले आइतबार सार्वजनिक गरेको हो।

विश्लेषण अनुसार देशभरका २५ स्थानमा शनिबार रेकर्ड ब्रेक वर्षा भएको खुलेको छ।

Hardik ivf

काठमाडौं, धादिङ, चितवन, अर्घाखाँची, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, पाल्पा, पाल्पा, भक्तपुर, पाँचथर, सिन्धुपाल्चोक र तनहुँमा भएको असोजे झरीले रेकर्ड ब्रेक गरेको छ।

ती जिल्लाहरूका २५ स्थानमा रेकर्ड ब्रेक वर्षा भएको महाशाखाका विवरणमा उल्लेख छ। 

बिहीबार रातिदेखि अविरल परेको पानी शनिबार बेलुकामात्र मत्थर भएको थियो।

असोज १२ गतेदेखि चौबिस घन्टाको अवधिमा काठमाडौंको पानी पोखरी मापन केन्द्रले २०६.६ मिलिमिटर वर्षा मापन गरेको छ।

त्यसदिनको वर्षा सन् १९७१ यताकै ठूलो वर्षा रहेको महाशाखाले जनाएको छ। सन् १९७१ को १४ जुनमा पानीपोखरीमा १०८ मिलिमिटर वर्षा मापन भएको थियो।

त्यसअनुसार शनिबारको वर्षा ५३ वर्षयताकै रेकर्ड ब्रेक वर्षा रहेको पुष्टी भएको छ।

काठमाडौंकै त्रिभुवन विमानस्थलमा शनिबार २३९.७ मिलिमिटर वर्षा भएको थियो। त्यसअघि  २३ जुलाई २००२ मा १७७ मिलिमिटर वर्षा भएको थियो।

बूढानीलकण्ठ मापन केन्द्रमा शनिबार १७८.३ मिलिमिटर वर्षा भयो। यसअघि सन् २३ जुलाई २००२ मा १५९ मिलिमिटर वर्षा मापन भएको थियो।

त्यस्तै जितपुरफेदीमा पनि पाँच वर्षयताकै रेकर्ड ब्रेक वर्षा मापन भएको छ। महाशाखाका अनुसार शनिबार जितपुरफेदी मापन केन्द्रमा १७८.३ मिलिमिटर वर्षा मापन भएको थियो। यसअघि सन् २०१९ को जुलाई ७ मा १२८.२ मिलिमिटर वर्षा भएको थियो।

काठमाडौंकै नागार्जुन मापन केन्द्रमा शनिबार चौबिस घन्टाको अवधिमा २०५.४ मिलिमिटर वर्षा भयो। सो परिमाण १० वर्षयताकै ठूलो वर्षा भएको महाशाखाले पुष्टी गरेको छ ।

१० वर्षअघि सन् २०१४ सेप्टेम्बर १३ मा १४७.५० मिलिमिटर वर्षा भएको थियो।

अन्यत्र कहाँ कहाँ भयो रेकर्ड ब्रेक वर्षा ?

Weather-Summary-of-28-September-2024-extreme-record-break--(1)-1727610363-1-1727614288.jpg
 

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, असोज १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्