Kathmandu Press

झ्याप्लेखोला भेटिएका शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याइँदै

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित उद्धार टोली खटिएको छ। प्रहरीका अनुसार बिहान निकालिएका शवहरूलाई केहीबेर अघि शिक्षण अस्पताल ल्याइएकाे छ। 
झ्याप्लेखोला भेटिएका शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याइँदै

काठमाडौं, असोज १३ : धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोला पहिरोमा परी मृत्य भएकाहरुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याउन थालिएकाे छ। 

प्रहरीका अनुसार हालसम्म साे पहिराेमा ३५ जनाको शव फेला परेको छ।

पहिरोमा पुरिएका गाडी र यात्रुहरूको खोजी कार्य अहिले पनि जारी छ। पहिरोमा पुरिएका माइक्रोबस, यात्रुबससहित चारवटा सवारी साधन निकालिएको छ। 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित उद्धार टोली खटिएको छ। प्रहरीका अनुसार बिहान निकालिएका शवहरूलाई केहीबेर अघि शिक्षण अस्पताल ल्याइएकाे छ। 

गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख२२७० नम्बरको बसको यकिन भएको छ। चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँका लागि छुटेको माइक्रोबस पनि सोही पहिरोमा पुरिएको थियो। त्यसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन। 

शनिबार बिहान झ्याप्लेखोलामा आएको भेलसहितको पहिरामा ति गाडी पुरिएका थिए। 

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, असोज १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्