सिंहदरबारमा सर्वदलीय बैठक
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका हुन्।
काठमाडौं, असोज १३ : मनसुनी वर्षातको कारण बाढी र पहिरोबाट देशभर भएको जनधनको क्षति र राहातबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका हुन्।
छलफलमा सत्तारुढ एमालेका महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, लोसपाका नेता महन्थ ठाकुर, नेमकिपाका प्रेम सुवाल, रास्वपाका विराजभक्त श्रेष्ठ, अमरेशकुमार सिंह, राजकिशोर यादव लगायत सहभागी छन्।
छलफलमा कार्यवाहक प्रधानमन्त्री सिंहसहित गृह, भूमि, रक्षा, शिक्षा, पर्यटन, कानून, श्रमरोजगार, वन, उर्जा तथा सञ्चारमन्त्रीलगायत उपस्थित छन्।
प्रकाशित मिति: १६:०६ बजे, आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












