Kathmandu Press

सहकारी ठगीमा पक्राउ नेपालीलाई काठमाडौं ल्याइयो 

नेपालीसँगै ठगीमा संलग्नको आरोपी ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि दिल्लिबाट काठमाडौं ल्याइएको छ।
सहकारी ठगीमा पक्राउ नेपालीलाई काठमाडौं ल्याइयो 

काठमाडौं, असोज १३ : भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले काठमाडौं ल्याइएको छ।

नेपालीसँगै ठगीमा संलग्नको आरोपी ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि दिल्लिबाट काठमाडौं ल्याइएको छ। नेपाली र दर्जी दुवै जना सहकारी ठगीको कसुरमा फरार रहेका कारण २०८० साल माघ १० गते ‘रेड कर्नर नोटिस’ जारी भएको थियो। 

Hardik ivf

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेका दुवै जनालाई ठगी मुद्दाको कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाउनेने तयारी गरेको छ। 

पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिमा पनि उपाध्यक्ष थिए। दुवै जनाविरुद्ध १ अर्ब ३८ करोड ६३ लाख १३ हजार पाँच सय २५ रुपैयाँ अपचलन गरेको अभियोग छ। 

प्रहरीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्दै आएको छ। सहकारीको रकम अपचलन गरी नेपाली र दर्जी २०८० जेठदेखि फरार थिए। हाल सहकारीका बचतकर्ता विचल्लीमा परेका छन्। 

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको जाहेरीमा प्रहरी छानविन शुरु भएपछि नेपाली फरार भएका हुन्। नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष थिए। 

नेपाली र सहकारी सञ्चालकले ठगी गरेको आरोपमा १ हजार ५ सयभन्दा बढी बचतकर्ताले बागलुङ प्रहरीमा दिएको जाहेरी अनुरुप जिल्ला अदालतमा दायर भएको हाल विचाराधीन छ। अदालतबाट नेपालीलाई पक्राउ पुर्जी जारी भएको थियो । २०८० साल असार २५ गते मुद्दा दर्ता भएको हो। 

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, असोज १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्