पाल्पाबाट शुक्रबार काठमाडौंका लागि छुटेको बस नौबिसेमा सुरक्षित अवस्थामा
बस नौबिसेको नजिकै सुरक्षित रहेको बताइएको छ। त्यहाँ नेटवर्कको समस्या रहेकाले मोबाइलमा सम्पर्क हुन नसकेको बताइएको छ।
काठमाडौं, असोज १३ : पाल्पाको अगाहाखोलाबाट शुक्रबार स्याङ्जा, पोखराहुँदै काठमाडौं हिँडेको ग२ख १५१३ नम्बरको बस सम्पर्कमा आएको बताइएको छ।
बस नौबिसेको नजिकै सुरक्षित रहेको बताइएको छ। त्यहाँ नेटवर्कको समस्या रहेकाले मोबाइलमा सम्पर्क हुन नसकेको बताइएको छ।
गाडीका बरेमा गाडी धनीलाई पनि खबर गरिसएको बताइएको छ।
बसधनी विमल अर्यालसँग शुक्रबार मध्यरातिबाट चालक र सहचालकसँग सम्पर्क हुन सकेको थिएन।
प्रकाशित मिति: १४:५१ बजे, आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार