Kathmandu Press

पाल्पाबाट शुक्रबार काठमाडौंका लागि छुटेको बस सम्पर्कबिहीन

पाल्पाको अगाहाखोलाबा स्याङ्जा, पोखराहुँदै काठमाडौं हिँडेको ग२ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बताएको छ। 
पाल्पाबाट शुक्रबार काठमाडौंका लागि छुटेको बस सम्पर्कबिहीन

काठमाडौं, असोज १३ : पाल्पाबाट शुक्रबार काठमाडौंका लागि हिँडेको यात्रुबहाक बस सम्पर्कबिहीन भएको छ।

पाल्पाको अगाहाखोलाबा स्याङ्जा, पोखराहुँदै काठमाडौं हिँडेको ग२ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बताएको छ। 

बस धनी विमल अर्यालका अनुसार शुक्रबार मध्यरातिबाट चालक र सहचालकसँग सम्पर्क हुन सकेको छैन। सबैतिर सम्पर्क गर्दा पनि बस काठमाडौं नपुगेको उनले बताए। 

अन्तिम पटक चालकसँग सम्पर्क हुँदा बस मुग्लिङ नजिक रहेको उनले बताए। बसमा १८–२० जना यात्रु रहेको उनले बताए। 

पृथ्वी राजमार्गको झ्याप्लेओलामा शनिबार गएको पहिरोमा २ माइक्रो र एउटा बस पुरिएको भेटिएको छ। जसमा शनिबार राति र आइतबार बिहान गरी २९ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, असोज १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्