Kathmandu Press

सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्किएका उनले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे
सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल
फाइल तस्बिर।

काठमाडौं, असोज १३ : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन्। 

चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्किएका उनले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे। उनी विमानस्थलबाट सिधै मन्त्रालय पुगेका थिए।

अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए। 

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, असोज १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्