प्राकृतिक प्रकोपबाट उद्धारका काममा सरकारप्रति कांग्रेसको असन्तुष्टी
छलफलमा उद्धार कार्यमा सरकार चुकेको भन्दै पदाधिकारीले प्रश्न उठाइएका थिए। पूर्व सावधानी र तयारी समेत नरहेको बिषयमा समेत प्रश्न उठेको जनाइएको छ।काठमाडौं, असोज १३ : नेपाली कांग्रेसले पार्टीको आन्तरिक बैठकमा बाढी, पहिरो र डुवानको समस्यामा सरकारको कामकाबाहीलाई लिएर असन्तुष्टी जनाएको छ।
अविरल वर्षाका कारण मुलुकभर ठूलो क्षति पुगेपछि सहयोग र उद्धारका बिषयमा छलफल गर्न आइतबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा कार्यसम्पादन समितिको बैठक बसेको थियो।
छलफलमा उद्धार कार्यमा सरकार चुकेको भन्दै पदाधिकारीले प्रश्न उठाइएका थिए। पूर्व सावधानी र तयारी समेत नरहेको बिषयमा समेत प्रश्न उठेको जनाइएको छ।
बैठकमा पार्टी सभापति देउवा, कार्यबाहक प्रधानमन्त्री प्रकासमानसिंह, गृहमन्त्री रमेश लेखकसहित पार्टी पदाधिकारी थिए।
छलफलका क्रममा सरकारको सक्रियताका विषयमा प्रश्न उठेपछि कार्यबाहक प्रधानमन्त्री सिंह र गृहमन्त्रीले प्रष्टीकरण दिएका थिए। सिंह र लेखकले स्रोत साधनले भ्याएसम्म काम भए पनि दैवी प्रकोपका बारेमा अभ्यस्त नभएका कारण केही कमजोरी हुन पुगेको बताएका थिए।
पदाधिकारी बैठकको छलफलपछि उद्दार र राहतमा सक्रिय हुन सिंगो पार्टी पङ्तिलाई निर्देशन दिएको छ। बैठकले राहतमा सहयोग पु¥याउन ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ।
कांग्रेसले मुलुकमा अकस्मात भएको प्राकृतिक प्रकोपका कारण ठूलो जनधनको क्षति पुगेको अवस्थामा राहात र उद्धामा खट्नका लागि यसअघि घोषित सय दिने विशेष अभियान स्थगित गरेको छ। कोजाग्रत पूर्णिमामा गरिने चियापान कार्यक्रम समेत यसवर्ष रोक्ने निर्णय गरेको छ।