विपी राजमार्गमा फसेका ८१ जनाको हेलिकोप्टरमार्फत उद्धार
राजमार्गमा फसेका १ हजार बढी यात्रुमध्ये नेपाली सेनाको हेलिकोप्टरमार्फत ८१ जनाको उद्धार गरिएको छ। उनीहरूलाई काभ्रेकै मंगलटारबाट धुलिखेल ल्याइएको हो।काभ्रे, असोज १३ : निरतन्तरको वर्षापछि बाढीले विपी राजमार्गमा क्षति पु¥याएपछि अलपत्र परेका यात्रुको हेलिकोप्टरमार्फत उद्धार थालिएको छ।
राजमार्गमा फसेका १ हजार बढी यात्रुमध्ये नेपाली सेनाको हेलिकोप्टरमार्फत ८१ जनाको उद्धार गरिएको छ। उनीहरूलाई काभ्रेकै मंगलटारबाट धुलिखेल ल्याइएको हो।
मंगलटारमा रोशी खोलाले शनिबार राजमार्गमा क्षति पु¥याएपछि आवगमन पूर्णरुपमा अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलटारमा अझै १ हजार बढी यात्रु उद्धारको पर्खाइमा रहेको छन्। सेनाको हेलिकोप्टरले त्यहाँ खाद्यान्न पनि पु¥याएको छ।
अहिले उद्धार गरिएकामध्ये १३ जना बिरामी रहेको बताइएको छ।
प्रकाशित मिति: १२:५६ बजे, आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१
सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?मंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१