राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय, उपनिर्वाचनको तयारी थाल्ने
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सबेको कार्यसम्पादन समितिको बैठकले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।काठमाडौं, असोज १३ : सत्ता साझेदार नेपाली कांग्रेसले विपदबाट भएको क्षतिको परिपूर्ति गर्न ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सबेको कार्यसम्पादन समितिको बैठकले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
यस्तै, बैठकले बाढी प्रभावितहरूको राहतका लागि कांग्रेस सांसदहरूको १५ दिनको तलब बराबरको सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
बैठकले निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परि मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समग्र घटनाप्रति दुःख व्यक्त गरेको छ। बाढी–पहिरोमा वेपत्ताको चाँडो खोजी र उद्दार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।
कांग्रेसले मंसिर १६ गते हुनेस्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्दै तयारी थाल्ने निर्णय गरेको छ। यस्तै बैठकले उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने जिम्मा सपाभापति देउवालाई दिएको प्रावक्त डा.महतले बताए।