Kathmandu Press

काठमाडौ जोड्ने सबै नाका ठप्प, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

मुग्लिन–काठमाडौं, सिन्धुली–काठमाडौं, सिन्धुपाल्चोक–काठमाडौंसहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन्। काठमाडौंसँग अरू जिल्लाको आवतजावत टुटेको छ। 
काठमाडौ जोड्ने सबै नाका ठप्प, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

काठमाडौं, असोज १३ : अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन्। 

मुग्लिन–काठमाडौं, सिन्धुली–काठमाडौं, सिन्धुपाल्चोक–काठमाडौंसहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन्। काठमाडौंसँग अरू जिल्लाको आवतजावत टुटेको छ। 

सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ। 

मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्‍याएको छ। कतिपय ठाउँमा पुल नै बगेका छन्। 

मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ।

सडक विभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ।

यसैबीच नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ। 

प्रकाशित मिति: १०:३० बजे, आइतबार, असोज १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्