Kathmandu Press

न्युकासलसँग राेकियाे म्यान्चेस्टर सिटी

मिडविकमा आर्सनलसँग रोकिएको सिटी शनिबार भएको खेलमा न्युकासल युनाइटेडसँग १–१को बराबरीमा रोकिएको हो।
न्युकासलसँग राेकियाे म्यान्चेस्टर सिटी

काठमाडाैं, असाेज १२ : डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी प्रियिमर लिगमा लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ। मिडविकमा आर्सनलसँग रोकिएको सिटी शनिबार भएको खेलमा न्युकासल युनाइटेडसँग १–१को बराबरीमा रोकिएको हो।

सेन्ट जेम्स पार्कमा अग्रता भने सिटीले लिएको थियो। ३५औं मिनेटमा ज्याक ग्रिलिसको पासमा जस्को ग्वार्डिओलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफमा न्युकासलले बराबरी गोल गरेका थियो। उसका एन्टोनी गोर्डनले पेनालटीमा ५८औं मिनेटमा गोल गरेका थिए। सिटीका गोलकिपर इडर्सनले गोर्डनलाई नै फाउल गरेपछि न्युकासलले पेनाल्टी पाएको थियो।

त्यसपछि खेलमा गोल नहुँदा सिटी लगातार दोस्रो खेलमा अंक गुमाएको हो। 

सिटी ६ खेलमा १४ अंकसहित शीर्ष स्थानमै छ भने न्युकासल ११ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। यो गेमविकमा सिटीले शीर्ष स्थानमा गुमाउने लगभक पक्का जस्तैछ। 

प्रकाशित मिति: १९:३० बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्