Kathmandu Press

कोरोना भाइरसबाट विश्वभर १ लाख २६ हजार वढीको मृत्यु 

काठमाडौं, वैशाख ३ : कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण आज बिहानसम्म १ लाख २....

कोरोना भाइरसबाट विश्वभर १ लाख २६ हजार वढीको मृत्यु 
Hardik ivf

काठमाडौं, वैशाख ३ : कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण आज बिहानसम्म १ लाख २६ हजार ५३८ जनाको ज्यान गइसकेको छ ।

यस्तै १३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । अहिलेसम्म ४ लाख ७८ हजार ५०३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २६ हजार ४७ जनाको ज्यान गएको छ । इटलीमा २१ हजार ६७, स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९ तथा बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति: ०६:५८ बजे, बुधबार, वैशाख ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्