Kathmandu Press

यू–१७ साफको सेमिफाइनलमा नेपालले भारतसँग खेल्दै  

जसमा नेपालले भारतको समाना गर्दैछ। खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने नेपाल र भारतबीच खेल १ः४५ बजे सुरु हुनेछ। 
यू–१७ साफको सेमिफाइनलमा नेपालले भारतसँग खेल्दै  

काठमाडाैं, असाेज १२ : भुटानमा जारी यू–१७ साफ च्याम्पियनसिपमा आज सेमिफानल खेलका खेल हुनेछन्। 

जसमा नेपालले भारतको समाना गर्दैछ। खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने नेपाल र भारतबीच खेल १ः४५ बजे सुरु हुनेछ। 

नेपाल समूह बीको उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो भने भारत एको विजेता हो। 
नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४–० र अन्तिम खेलमा अयोाजक भुटानमाथि २–१को पुनरामगन जित निकालेको थियो। 

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले उपाधि जित्ने लक्ष्यका साथ भुटान आएको बताउँदै भारतविरुद्धको  सेमिफाइनल खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरे।

यसैगरी कप्तान सुवास बमले नेपाली टिमले पहिलो खेलमा गरेको गल्तीमा सुधार गरेको बताउँदै भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्य रहेको बताए। टिममा सवै खेलाडी फिट भएकाले पनि फाइनल पुगेर उपाधि जित्ने विश्वास व्यक्त गरे।

यस्तै, दोस्रो सेमिफाइनलमा खेलमा पाकिस्तान र बंगलादेश आमने सामने हुनेछन्। यो खेल अपरान्ह पौने ६ बजे हुनेछ । 

फाइनल सोमबार हुनेछ।

प्रकाशित मिति: १२:२८ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्