Kathmandu Press

यू-२० एसिया कप छनोटमा बहराइनसँग पराजित हुँदै नेपाल बाहिरियो 

शुक्रबार दिउँसो भएको छनोटको समूहको अन्तिम खेलमा बहराइनसँग ४–०को फराकिलो अन्तरले पराजित भएसँगै नेपाल बाहिरिएको हो।
यू-२० एसिया कप छनोटमा बहराइनसँग पराजित हुँदै नेपाल बाहिरियो 

काठमाडाैं, असाेज ११ : नेपाल यू-२० एसिया कपको छनोट चरणबाटै बाहिरिएको छ। शुक्रबार दिउँसो भएको छनोटको समूहको अन्तिम खेलमा बहराइनसँग ४–०को फराकिलो अन्तरले पराजित भएसँगै नेपाल बाहिरिएको हो।

छनोटको समूह बीमा रहेको नेपालले ४ खेलमा १ जित मात्र निकाल्न सक्यो। समूहमा नेपाल पहिलो खेलमा कम्बोडियासँग४–१ले पराजित हुँदा दोस्रो खेलमा आयोजक चाइनिज ताइपेइलाई ३–१ले पहराएको थियो। तेस्रो खेलमा भने नेपाल उज्वेकिस्तानसँग ६–०को फराकिलो अन्तरले पराजित भएको थियो। 

नेपालविरुद्ध बहराइनका समी बसम अवादीले दुई गोल गरे भने खालिद अल्खलाफ र अलि अहमेद हसनले पनि बललाई पोस्टको दिशा दिए। 

तालिकाको शीर्ष स्थानमा रहने टोलीले सोझै चीनमा हुने प्रतियोगितामा स्थान बनाउनेछ। छनोट प्रतियोगितमा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन्।

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, असोज ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्