Kathmandu Press

एन्फा महिला लिगमा एपिएफ अपराजित

लिगको पहिलो चरणको अन्तिम खेलमा एपिएफले शुक्रबार बागमती युथ क्लबलाई ७–०ले हरायो। एपिएफले पहिलो हाफमा २ र दोस्रो हाफमा ५ गोल गरेको थियो। 
एन्फा महिला लिगमा एपिएफ अपराजित

काठमाडाैं, असाेज ११ : जारी एन्फा महिला लिगको पहिलो चरणमा विभागीय टिम एपिएफ क्लब अपराजित रहेको छ। लिगका कुल ९ खेलमा ८ जित र १ बराबरी खेल्दै स्टार खेलाडीले भरिएको लिगको दोस्रो चरण अर्थात सुपर लिगमा प्रवेश गरेको छ। 

लिगको पहिलो चरणको अन्तिम खेलमा एपिएफले शुक्रबार बागमती युथ क्लबलाई ७–०ले हरायो। एपिएफले पहिलो हाफमा २ र दोस्रो हाफमा ५ गोल गरेको थियो। 

Hardik ivf

निरन्तरको झरीकाबीच भएको खेलमा एपिएफका लागि रश्मीकुमार घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् भने अनिता बस्नेत र सविता रानामगरले पनि गोल गरे। एक गोल भने आत्मघाती भएको थियो।

खेलमा ३५औं रश्मीको गोलमा एपिएफले सुरुआती अग्रता लियो। ४०औं मिनेटमा रश्मीकै हेडर रोक्ने क्रममा सुनिता भुलानले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा एपिएफले अग्रता दोब्बर बनायो। 

पहिलो हाफमा २ गोल गरेको एपिएफलो दोस्रो हाफमा ५ गोल गरेको थियो।  ४७औं मिनेटमा अनिताले एपिएफका लािग तेस्रो गोल गरिन्। त्यसपछि ५७औं, ८२औं र ८८ औं रश्मीले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरिन् भने टिमलाई ६–०को अवस्थामा ल्याइन्। 

त्यस्तै, इन्जुरी समयमा सविता रानामगरले गोल गरेपछि एपिएफले ७–० को जित निकाल्यो। 

९ खेलमा १ बराबरी सहित २५ अंक सहित शीर्ष स्थानमा रहँदै सुपर लिग प्रवेश गरेको छ भने बागमती भने १० अंकसहित छैठौं स्थानमा रह्यो।

प्रकाशित मिति: २०:०४ बजे, शुक्रबार, असोज ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्