दुई महिनामा झण्डै ७ अर्बको मोबाइल भित्रियो
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ।-(1)-1727428714.jpg)
काठमाडौं, असोज ११ : चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ।
साउन र भदौमा भित्रिएका मोबाइल दशैं तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ।
गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन्।
गत वर्षको तुलनमा यस वर्ष दशैलाई लक्षित गरेका कारण साउन र भदौमा ८८ हजार ४ सय वटा वढी मोबाइल भित्रिएका छन्।
प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












