Kathmandu Press

शेयर बजारमा दोहोरो अंककाे गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२.८१ अंकले ओरालो लागेर २४८६.७६ मा सीमित भएको छ। 
शेयर बजारमा दोहोरो अंककाे गिरावट

काठमाडौं, असोज १० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२.८१ अंकले ओरालो लागेर २४८६.७६ मा सीमित भएको छ। 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अंकले ओरालो लागेर ७४७.४५ मा सीमित भएको छ। 

कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ। कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० मूल्यमा खरिद बिक्री भएको छ। 

नेप्सेका अनुसार विन नेपाल लघुवित्त ९.८५, बोटलर्स नेपाल बालाजु ५.०६, एसबिएल डिवेञ्चर ५.०५, एनआइसी एसिया डिवेञ्चर ४.५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाएका छन्। 

ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर ७.६९, अपि पावर कम्पनी ७.४६, थ्री स्टार हाइड्रोपावर ६.७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्