Kathmandu Press

चन्द्रपुरलाई हराउँदै वालिङ सुपर लिगमा

एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको लिगको आफ्नो अन्तिम खेलमा चन्द्रपुर नगरपालिकालाई २–१ ले हराउँदै वालिङले सुपर लिगमा स्थान बनाएको हो। 
चन्द्रपुरलाई हराउँदै वालिङ सुपर लिगमा

काठमाडाैं, असाेज १० : स्याङ्जाको वालिङ नगरपालिकाले जारी एन्फा महिला लिगको सुपर लिगमा प्रवेश गरेको छ। 

एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको लिगको आफ्नो अन्तिम खेलमा चन्द्रपुर नगरपालिकालाई २–१ ले हराउँदै वालिङले सुपर लिगमा स्थान बनाएको हो। 

यो जितसँगै महिला लिगामा चौथो स्थान पक्का गर्दै वालिङले सुपर लिग खेल्ने पक्का भएको हो। लिगमा उसले ९ खेलमा ५ जितसहित १५ अंक जोड्यो। 

वालिङलाई जित दिलाउन सुक्रिया मिया र ज्याकलिन नासाली गोल गरे भने चन्द्रपुरका लागि सुनिता सुनारले गोल गरेकी थिइन्। 

पाँचौं मिनेटमै सुक्रियाले गोल गर्दै वालिङलाई सुरुआती अग्रता दिलाइन्। ३६ मिनेटमा ज्याकलिनले टिमको अग्रता दोब्बर बनाइन्। दोस्रो हाफको सुरुमै सुनिताले गोल गर्दै चन्द्रपुरलाई खेल फर्काउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा वालिङ विजयी भयो। 

वालिङसँगै एपिएफ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सुपर लिगमा स्थान बनाइसकेका छन्। बाँकी १ टिम कोशी प्रदेश या बागमती युथ क्लब मध्ये एक हुनेछन्।

सुपर लिगमा पहिलो चरणका शीर्ष ५ टिमबीच प्रतिस्पर्धा हुनेछ। सुपर लिग डलब राउन्ड रोबिनका आधारमा हुनेछ। 
 

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, असोज १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्