Kathmandu Press

चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा

साउनसम्म खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। 
चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा

काठमाडौं, असोज १० : राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको तथ्य बाहिर ल्याएको छ। 

जस अनुसार चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा देखिएको छ। 

गत वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो। चालु खाता अमेरिकी डलरमा अघिल्लो वर्षको साउनमा १० करोड १३ लाखले बचतमा रहेको थियो। यो साउनमा २३ करोड ४ लाखले बचतमा रहेको प्रतिवेदनले औंल्याएको छ। 

साउनसम्म खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदन अनुसार चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्ष साउनमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ। 
 

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, असोज १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्