Kathmandu Press

धितोपत्र बोर्ड अध्यक्षका लागि तेस्रोपल्ट अन्तर्वार्ताको मौका

यसअघि अन्तर्वार्ताका लागि बोलाउँदा पनि नआएका सेबोनकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई पुनः अन्तर्वार्तामा बोलाएको हो। 
धितोपत्र बोर्ड अध्यक्षका लागि तेस्रोपल्ट अन्तर्वार्ताको मौका

काठमाडौं, असोज १० : नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि छनोट भई अन्तर्वार्तामा नआएका तीनजना उम्मेदवारलाई अर्थ मन्त्रालयको सिफारिस समितिले तेस्रोपल्ट मौका दिएको छ।

यसअघि अन्तर्वार्ताका लागि बोलाउँदा पनि नआएका सेबोनकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई पुनः अन्तर्वार्तामा बोलाएको हो। 

उनीहरुलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आगामी असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ।

सिफारिस समितिले यसअघि तीनजना उम्मेदवारलाई पहिलोपटक असार २ गते  र दोस्रोपटक असार ५ गते अन्तर्वार्ताका लागि डाकेको थियो । असार ५ गते सिफारिस समितिले लिएको अन्तर्वार्तामा सन्तोषनारायण श्रेष्ठ र सेबोनकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएपछि रद्द भएको थियो। 

कानुन अनुसार सिफारिस समितिले तीन जनाको कोरम पु¥याउन नसकेपछि समस्या उत्पन्न हुँदै आएको छ। 

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्