Kathmandu Press

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

बोहरा र बुढाथोकी ठगी मुद्दा र रोमन कार्की बलात्कार मुद्दा फरार थिए ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

काठमाडौं, असोज १० : इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ। 

पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कबिर बुढाथोकी उर्फ रियाज, रोमन कार्की छन्। 

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

बोहरा र बुढाथोकी ठगी मुद्दा र रोमन कार्की बलात्कार मुद्दा फरार थिए ।

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्