सुनको मूल्यमा कीर्तिमान
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।काठमाडौं, असोज १० : केही दिनयता निरन्तर कीर्तिमान बनाइरहेको सुनको मूल्यले बिहीबार पनि नयाँ कीर्तिमान बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ।
बिहीबार ३ सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। बधुबार एक लाख ६० हजार ४ सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य स्थिर छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँ छ।
प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१
रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज : अर्थमन्त्री पाैडेलशुक्रबार, मंसिर ७, २०८१
सुनको मुल्य वृद्धिशुक्रबार, मंसिर ७, २०८१
पर्यटन मन्त्रालयको निर्देशनपछि ११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१