Kathmandu Press

काेराेनासम्बन्धी नयाँ वर्षमा हरिवंशको व्यग्यात्मक भिडियो

काठमाडौं, वैशाख २ : कलाकार हरिवंश आचार्यले नयाँ वर्षको अवसरमा कोरोना भाइरससम्बन्धी व्यग्यात्मक भिडियो सन्देश सार्वजनिक गरेका छन्।

उनले &lsqu....

काेराेनासम्बन्धी नयाँ वर्षमा हरिवंशको व्यग्यात्मक भिडियो

काठमाडौं, वैशाख २ : कलाकार हरिवंश आचार्यले नयाँ वर्षको अवसरमा कोरोना भाइरससम्बन्धी व्यग्यात्मक भिडियो सन्देश सार्वजनिक गरेका छन्।

उनले ‘कोरोना संसारबाटै टाढा जाऊ’ बनाएको भिडियो सन्देश सामाजिक सञ्जालमा सेयर गरेका छन्। अहिलेसम्म कोरोनाको औषधिन नबनेको प्रसंग कोट्याउँदै उनले हाश्यशैलीमा भनेका छन्, ‘सानोमा बुवाआमाले पढ हरिबहादुर भनेको वेला डण्डिबियो खेलेर हिँडियो। पढेको भए अहिले कोरोनाको औषधी बनाउँथे, मेरो पनि इज्जत बढ्थ्यो, देशको पनि।’

Hardik ivf

कोरोनाबाट संसारभर मानिसको मृत्यु भइरहेको पीडालाई पनि उनले व्यंग्य गर्दै भनेका छन्, ‘संसारभर मानिसको घरभित्र पसेर के गरेको यस्तो?’

उनले कोरोनाको कारण घरमै लुकेर बस्नुपर्ने, एक अर्कोसँग भेट्न पनि नमिल्ने, मानिसको छातीभित्र पसेर फोक्सो जति टालेर शरीरको सबै पाटपूर्जा बन्द गरिदिने कोरोनासँग हाश्यशैलीमै असन्तुष्टि पनि पोखेका छन्।

कोरोनाको अस्थायी औषधि आफूलाई थाहा भएको जनाउँदै बच्ने उपाय पनि सुझाएका छन्, ‘घरभित्रै बस्नु, जे सामान छोएपनि साबुनपानीले हात धुनु।’

यस्तो छ हरिवंशको भिडियो सन्देश :

 

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, वैशाख २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्