Kathmandu Press

एभरेस्ट भलिबल लिगको तालिका सार्वजनिक

सार्वजनिक तालिका अनुसार असोज १४ गते हुने उद्घाटन खेलमा काठमाडौं स्पाईकर्स र ललितपुर क्विन्सबीच हुनेछ। खेल त्रिपुरेश्वरस्थित राखेपा कभर्ड हलमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
एभरेस्ट भलिबल लिगको तालिका सार्वजनिक

काठमाडाैं, असाेज ९ : नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज महिला भबिल लिग ‘एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को तालिका सार्वजनिक भएको छ। 

आयोजक इन्फिनिटी ड्रिम्सले प्रेस विज्ञप्ति निकाल्दै लिगको तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार असोज १४ गते हुने उद्घाटन खेलमा काठमाडौं स्पाईकर्स र ललितपुर क्विन्सबीच हुनेछ। खेल त्रिपुरेश्वरस्थित राखेपा कभर्ड हलमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

पहिलो दिन नै हुने दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली याश्विस भीड्ने छ। यो खेल साँझ ५ः४५ बजे सुरु हुनेछ। यस्तै, राति ७ः४५ मा हुने खेलमा पहिलो दिनकै अन्तिम खेलमा चितवन शक्ति र पोखरा टाइटन्स भीड्ने छन्।

असोज १९ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिम सहभागी छन्। प्रत्येक दिन ३ खेल हुनेछन्। 

सहभागी टोलीबीच सिंगल राउण्ड रोविनका हुने लिगका शीर्ष दुई टिम उपाधिका लागि भीड्ने छन्। कुल १६ खेल हुने प्रतियोगिताको फाइलन फाइलन असोज १९ गते हुनेछ। 

यस्ताे छ तालिका

tishet-1727278607.jpg
 

प्रकाशित मिति: २१:२२ बजे, बुधबार, असोज ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्