Kathmandu Press

फ्रेन्च डिफेन्डर भरानले लिए सन्न्यास

यसै सिजन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट फ्रि ट्रान्सफरमा इटालियन सिरि ए क्लब कोमो पुगेका उनी पछिल्लो चोटबाट पीडित थिए।
फ्रेन्च डिफेन्डर भरानले लिए सन्न्यास

काठमाडाैं, असाेज ९ : विश्वकप विजेता फ्रेन्च डिफेन्डर राफेल भरानले सन्न्यासको घोषणा गरेका छन्। भरानले ३१ वर्षकै उमेरमा बुधबार खेल जीवन टुंग्याउने घोषणा गरेका हुन्। 

यसै सिजन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट फ्रि ट्रान्सफरमा इटालियन सिरि ए क्लब कोमो पुगेका उनी पछिल्लो चोटबाट पीडित थिए। कोमोमा डेब्यू खेलमै उनले कुर्कुचामा गम्भीर चोट बेकेका थिए। उनी पहिलो हाफमै मैदान छाड्न बाध्य भएका थिए।

त्यही चोटका कारण उनले ३१ वर्षकै उमेरमा व्यवसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका हुन्। अन्तर्राष्ट्रिय फुटबलबाट भने उनले मा कतार विश्वकप लगत्तै सन्न्यास लिएका थिए।

Hardik ivf

समाजिक सञ्जालमा सन्न्यासको घोषणा गर्दै भरानले १४ वर्ष लामो करिअरमा आफूले चुनौतीहरूको सामाना गर्दै असम्भव ठानिएका चुनैतीहरुलाई पनि जितेको बताएका छन्। 

‘म आफैंलाई माथिल्लो दर्जामा राख्छु, म खेल्नका लागि खेल्न होइन, करिअरको पिक अवस्थामै छाड्न फुबटल छाड्न चाहन्थेँ,’ उनले भनेका छन्, ‘मैलले अफ्नो हृदय र अन्तर्ज्ञानलाई सनेँ, र निर्णय गरेँ, त्यसका लागि ठूलो साहस चाहिन्छ।’

अघिल्लो सिजन एफए कप फाइनल लगत्तै आफूले सन्न्यास लिन चाहेको बताउँदै उनले अन्तिम समयमा फेरि कोमो मार्फत खेलाडी जीवन अगाडि बढाउने निर्णय गरेको बताएका छन्।

अब मैदान बाहिरको जीवन सुरु भएको बताउँदै आफू कोमौसँगै रहने बताएका छन्। कोमो नयाँ भूमिका देखिने संकेत उनले गरेका छन्। 

१४ वर्ष लामो करिअरमा उनले फ्रान्सबाछ ९३ खेल खेल्दै ५ गोल गरेका छन्। भरानले आफ्नो करिअरको उत्कृष्ट समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका छन्। रियलले लागतार तीन सिजन च्याम्पियन्स लिग जित्दो उनी टिमको महत्वपूर्ण खेलाडी थिए। 

सन् २०११ देखि सन् २०२१ सम्म रियलमा बिताएका उनले ३६० खेल खेल्दै १७ गोल गरेका छन्। रियलबाट उनले ४ च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप, ३ ला लिगा, स्पेनिस सुपर कप र युईएफए सुपरकप तथा २ कोपा डेल रे जितेका छन्। 

त्यसपछि तीन सिजन उनले म्यान्चेस्टर युनाइटेडमा बिताए। त्यहाँ उनले ९२ खेलमा २ गोल गरेका छन्। युनाइटेडमा उनले एफए कप र कारबाओ कप जितेका छन्। 
 

प्रकाशित मिति: १८:१३ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्