Kathmandu Press

एनएसटीको टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्यो

एनएसटीका प्रवक्ता किरण पौड्यालको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्रीडा. राणालाई टेक्ससमा नेपालीहरुका लागि नेपाल सरकारको कन्सुलर अफिस स्थापनाका अनुरोध गरेको छ। 
एनएसटीको टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्यो

न्युयोर्क, असोज ९ : नेपाली समाज टेक्सस (एनएसटी)को टोलीले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेको छ। 

एनएसटीका प्रवक्ता किरण पौड्यालको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्रीडा. राणालाई टेक्ससमा नेपालीहरुका लागि नेपाल सरकारको कन्सुलर अफिस स्थापनाका अनुरोध गरेको छ। 

Hardik ivf

सो अवासरमा प्रधानमन्त्री ओलीले टेक्ससमा नेपाल सरकारको कन्सुलर अफिस स्थापनाको लागि आफू सकरात्मक रहेको बताएका थिए। ‘तपाईहरु पहिलेदेखि प्रक्रियागत रुपमा आउनु भएको भए राम्रो हुने थियो। टेक्ससको सबै बस्तुस्थिती थाहा भयो। यस विषयमा म सकारात्मक छु’, भेटमा प्रधानमन्त्री ओलिले भने। 

प्रधानमन्त्री ओलीलाई भेटेर दिएको साझा ज्ञापन पत्रमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेप्लिज एसोसियसन अफ ह्युस्टनका वरिष्ठ उपाध्यक्ष द्रोण गौतम, ग्रेटर अस्टिन नेप्लिज सोसाइटीका अध्यक्ष विदुर खतिवडाले हस्ताक्षर गरेका थिए। 

यस्तै, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अमेरिकाज क्षेत्रका प्रमुख बेद बस्नेत, नेपाली जनसम्पर्क समिति अमेरिका डिएफडब्लु  च्याप्टरका अध्यक्ष ज्ञानेद्रराज कार्की, प्रवासी नेपाली मन्च टेक्सस राज्य कमिटीका अध्यक्ष राजु नेपाल, पानस नेपालका अध्यक्ष रवि रावल, जनप्रगतिशील मन्चका अध्यक्ष राजु सुवेदी, प्रवासी नेपाली एकता मंचका अध्यक्ष शंकर पन्तको ज्ञापन पत्रमा हस्ताक्षर थियो।

एनएसटीका प्रवक्ता पौड्यालले टेक्सस अमेरिकन एयरलाइन्सको हब रहेको लगायतका विषयमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई ब्रिफिङ गरेका थिए।
 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्