Kathmandu Press

यू–२० एसिया कप छनोटमा नेपालको फराकिलो हार

चाइनिज ताइपेइको न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा नेपालले दुवै हाफमा समान ३ गोल खाएको थियो। 
यू–२० एसिया कप छनोटमा नेपालको फराकिलो हार

काठमाडाैं, असाेज ९ : एएफसी यू–२० एसिया कप छनोटमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ। छनोटको समूहको तेस्रो खेलमा नेपाल डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानसँग ६–०ले पराजित भएको हो। 

चाइनिज ताइपेइको न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा नेपालले दुवै हाफमा समान ३ गोल खाएको थियो। 

१९औं मिनेटमै १० खेलाडीमा समेटिएपछि नेपाल दबाबमा आएको थियो। गोलपोस्टमा बल हातले रोकेपछि रेफ्रिले डिफेन्डिर समीर घिमिरेलाई सिधै रातो कार्डा देखाएका थिए।

यो हारसँगै यू–२० एसिया कपमा छनोट हुने नेपालको सम्भावना कठीन बनेकोछ। ३ खेलमा नेपालले ३ अंक मात्र जोडेको छ। यसअघि नेपाल कम्बोडियासँग ४–१ले पराजित हुँदा चाइनिज ताइपेइलाई ३–१ले हराएको थियो।

यता, उज्बेकिस्तानको भने लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा कम्बोडियालाई ७–०ले हराएको थियो । 

अब नेपालले समूहको अन्तिम खेलमा शुक्रबार बहराइनसँग खेल्नेछ।

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्