Kathmandu Press

भारतीय ट्रकमा आगजनी गर्ने ९ जना पक्राउ

पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान’ र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पिडिएफ) का नेता कार्यकर्ता रहेका छन्। 
भारतीय ट्रकमा आगजनी गर्ने ९ जना पक्राउ

झापा, अजोज ९ : भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौमा पक्राउ परेका दुर्गा प्रसाईलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो।

पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान’ र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पिडिएफ) का नेता कार्यकर्ता रहेका छन्। 

Hardik ivf

प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियोे। बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए।

यसैगरी हल्दीबारी गाउपालिका–९ का बिवश लिम्बू , हल्दीबारी(१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु , बुद्धशान्ति गाउपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन्।

उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ। 

झापाको चारपानेमा पेट्रोल छर्केर अरु सवारी साधनमा आगजनी गर्ने उनीहरुको प्रयास प्रहरीले विफल बनाएको जनाएको छ। पक्राउ परेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान सुरु गरिएको छ। 
पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुबै ट्रकका चनलक घाइते भएका थिए। 

प्रसाईलाई एकजना महिलाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: १०:५३ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्