ला लिगा : डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको ३–२ गोलको जित
रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे ।काठमाडौं, असोज ९ : स्पेनिस ला लिगामा रियल म्याड्रिडले डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ । एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो ।
रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे ।
रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे। यी गोल ८५ र ८७ औँ मिनेटमा भए । रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो ।
मंगलबारका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ ले हरायो भने भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेले ।
प्रकाशित मिति: ०८:२६ बजे, बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रताशनिबार, मंसिर ८, २०८१
ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौताशुक्रबार, मंसिर ७, २०८१
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१
क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समाबिहीबार, मंसिर ६, २०८१