Kathmandu Press

चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए । साथै उनले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताए
चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति

काठमाडौँ, असोज ९ : राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने उल्लेख गरेका छन् । 

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए । साथै उनले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताए
    
जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवान्को पूजा आराधना गर्दै मनाइने पर्व हो ।

यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको उल्लेख गरेका छन् । 

उनले प्रकृति पूजामा आधारित यसपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना समेत गरेका छन् । 

प्रकाशित मिति: ०७:५५ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्