Kathmandu Press

फेरि ५९ अंकले घट्यो नेप्से, १३ उपसमूहको शेयर मूल्यमा गिरावट

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ।
फेरि ५९ अंकले घट्यो नेप्से, १३ उपसमूहको शेयर मूल्यमा गिरावट

काठमाडौं, असोज ८ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८.९३ अङ्कले ओरालो लागेर दुई हजार ४७०.३९ मा सिमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ९.५२ अङ्कले ओरालो लागेर ४४४.८८ मा सिमित भएको हो।

कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।

कुल एक करोड ५५ लाख ४ हजार ९०९ कित्ता शेयर पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त ८.८१, अप्पर स्याङ्गे हाइड्रोपावर ७.८३, एनआइबिएल ग्रोथ फन्ड ४.८५, इन्ग्वा हाइड्रोपावर  ४.१४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले ४.०८ प्रतिशतले कमाएका छन्।

हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स ८.७४, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ९६, श्वेतगङ्गा हाइड्रोपावर ७.६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ७.५५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: १७:०२ बजे, मंगलबार, असोज ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्