Kathmandu Press

झापाको बुद्वशान्ति गाउँपालिका वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ

घुस रकम लिँदै गर्दा ओलीलाई नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। 
झापाको बुद्वशान्ति गाउँपालिका वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ

झापा, असोज ८ : झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिदालिदै पक्राउ परेका छन्। 

झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन्।

घुस रकम लिँदै गर्दा ओलीलाई नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। 

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए। पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिदालिदै ओली पक्राउ परेका हुन्। 

अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ। 

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए। उनले प्रहरीको क्षेत्राधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसंधान कार्यालयमा खबर गरिएको बताए।
 

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, असोज ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्