बैतडीमा आगलागीबाट ३५ लाख बराबरको क्षति
लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त ३५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
बैतडी, असोज ८ : बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी भएको छ।
लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त ३५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सोमबार राति ११ः२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा विद्युत् ‘सर्ट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो।
प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार