निरन्तर रेकर्ड बनाउँदै सुनको मूल्य
मंगलबार तोलामा पाँच सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम भएकाे छ।
काठमाडौं, असोज ८ : सुनको मूल्य केही दिनयता निरन्तर उकालो लागिरहेको छ। र, निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।
मंगलबार पनि सुनको मूल्यमा सोही क्रममले निरन्तरता पायो, र नयाँ कीर्तिमान कायम भयो। मंगलबार तोलामा पाँच सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम भएकाे छ।
सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५९ हजार सात सय निर्धारण भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो।
यस्तै, चाँदीको मूल्य आज तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार नौ सय १५ निर्धारण भएको छ।
प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1781435149.png)










