Kathmandu Press

करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

सर्लाही, असोज ७ : यहाँको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। 

स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: २१:०७ बजे, सोमबार, असोज ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्