काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागेका युवक पक्राउ
अदालतबाट भागेका युवकलाई लुकाउने थप दुई जना पनि पक्राउ
काठमाडौं, असोज ७ । जिल्ला अदालत काठमाडौंबाट हत्कडीसहित भागेका युवकसहित तीन जना पक्राउ परेका छन्।
खैरो हिरोइनसहित लागुऔषध नियन्त्रण ब्युरोले सिरहाको लहान नगरपालिका-४ का २८ वर्षीय सञ्जिवकुमार यादवलाई शुक्रबार पक्राउ परेको थियो।
म्याद थपका लागि अदालत लगिएकोमा आइतबार अदालतबाट उनी हत्कडीसहित फरार भएका थिए।
काठमाडौं प्रहरीले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका-३ स्थित सुजन चौधरीको घरबाट पक्राउ गरेको हो। यादवलाई लुकाउने सुजनसहित सप्तरी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने पंकज चौधरी पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट एक थान हतकडी, हतकडी काट्ने औजार र ५ थान मोबाइल बरामद गरेको छ।
प्रकाशित मिति: १९:५२ बजे, सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












