चीन जाँदै अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति चीन जाने भएका छन् ।
काठमाडौं, असोज ७ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति चीन जाने भएका छन् ।
चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
उनी आगामी शनिबार स्वदेश फर्कनेछन्।
प्रकाशित मिति: १९:३७ बजे, सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












