Kathmandu Press

सुजनको ह्याट्रिकमा यू–१७ साफमा नेपालको सानदार जित

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा सुजन डंगोलले ह्ट्रिक गरेपछि नेपालले श्रीलंकालाई ४–०ले हरायो।
सुजनको ह्याट्रिकमा यू–१७ साफमा नेपालको सानदार जित

काठमडाैं, असाेज ७ : भुटानमा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपाल विजयी भएको छ। थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा सुजन डंगोलले ह्ट्रिक गरेपछि नेपालले श्रीलंकालाई ४–०ले हरायो।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो। पहिलो खेलमा नेपाल आयोजक पाकिस्तानसँग १–०ले पराजित भएको थियो। यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

नेपालका लागि सुजनले पहिलो हाफमै ह्याट्रिक पुरा गरेका थिए। उनले चौथो, १३औं र ३०औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए भने टिमलाई पहिलो हाफमा ३–०को अग्रता दिलाए।

दोस्रो हाफमा भने नेपालले १ गोल मात्र गर्न सकेको थियो। ८३औं मिनेटमा विज्ञान खड्काले गोल गरेपछि नेपाल ४–०ले विजयी भयो। 

अब नेपालले लिगको अन्तिम खेलमा बुधबार आयोजक भुटानसँग खेल्नेछ।

प्रकाशित मिति: १७:०० बजे, सोमबार, असोज ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्