Kathmandu Press

सेयर बजारमा गिरावट, नेप्से ५९ अंकले घट्यो

नेप्से परिसूचक ५९ अंक घटेर २५२९ अंकमा कायम भएको छ, सोमबार १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको घट्दो एउटाको स्थिर रहेको छ। 
सेयर बजारमा गिरावट, नेप्से ५९ अंकले घट्यो

काठमाडौं, ७ असोज : सेयर बजारमा उच्च अंकले गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ५९ अंक घटेर २५२९ अंकमा कायम भएको छ। 

सोमबार कुल ५ अर्ब ६६ करोडको कारोबार भएको छ।  कारोबार रकमकको आधारमा आइतबारको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको कारोबार भएको थियो।

१४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको घट्दो एउटाको स्थिर रहेको छ। 

सोमबार सबै क्षेत्रका सूचक घटेका छन्। बैंकिङ १.२७, विकास बैंक २.४६, फाइनान्स ५.५६, होटल तथा पर्यटन ३.३४, हाइड्रोपावर २.८९, लगानी २.७३, जीवन बीमा २.३५, उत्पादन १.८१, माइक्रोफाइनान्स २.५६, निर्जीवन बीमा २.६९, अन्य २.२२ तथा व्यापार समूह ३.९३ प्रतिशतले घटेका छन्।

त्यस्तै गुडविल फाइनान्स, समृद्धि फाइनान्स, इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ८.५ प्रतिशत, रिलायन्स फाइनान्सको ८.४ प्रतिशत, गुहेश्वरी मर्चेन्ट फाइनान्सको मुल्य ८.३ प्रतिशतले घटेको छ।

हिमालयन हाइड्रोपावरको मूल्य ९.८, एक्सल डेभलपमेन्ट बैंकको ८.१, रावा इनर्जीको ५.३, नेपाल फाइनान्सको ५.१, मातृभूमि लघुवित्तको ५ प्रतिशतले मूल्य बढेको छ।

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, असोज ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्