Kathmandu Press

बजार अनुगमनमा विभाग, ६ फर्म कारबाहीमा

चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यवसायिक फर्म एवं किराना पसलहरुलाई कारबाही गरेको हो। 
बजार अनुगमनमा विभाग, ६ फर्म कारबाहीमा

काठमाडौं, असोज ७ : वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा एकैदिन ६ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ।

चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यवसायिक फर्म एवं किराना पसलहरुलाई कारबाही गरेको हो। 

अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तिजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसलहरुलाई न्युनतम पाँच हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टिकरण सोधिएको वाणिज्य विभागले उल्लेख गरेको छ।

कारबाहीमा परेका पसलहरुमा नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेको पाइएकाले नगद कारबाहीदेखि कागजात मगाउने र निर्देशन दिएको विभागले उल्लेख गरेको छ। 

विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्र बनाएको छ। काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तिव्र पारिएको विभागको भनाई छ।
 

प्रकाशित मिति: १३:१० बजे, सोमबार, असोज ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्