Kathmandu Press

काभा क्लब भलिबलको च्याम्पियन पुलिस क्लब स्वदेश फर्कियो

सरस्वती चौधरी, उषा भण्डारीलगायत अधिकांश राष्ट्रिय खेलाडीले भरिएको पुलिस टिम उपाधिसहित केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
काभा क्लब भलिबलको च्याम्पियन पुलिस क्लब स्वदेश फर्कियो

काठमाडाैं, असाेज ७ : माल्दिभ्समा भएको काभ महिला क्लब भलिबल च्याम्पियन्सिपको उपाधि जितेको नेपालको विभागी टिम नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ। 

सरस्वती चौधरी, उषा भण्डारीलगायत अधिकांश राष्ट्रिय खेलाडीले भरिएको पुलिस टिम उपाधिसहित केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

शनिबार राति भएको फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै पुलिसले अपराजित रहँदै उपाधि जितेको थियो। 

लिगमा शीर्ष स्थानमा रहँदै पुलिस फाइलन पुगेको थियो। प्रतियोगितामा ५ देशका ६ टिमको सहभागीता थियो। 

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, असोज ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्