सुनको मूल्य वृद्धि, अहिलेसम्मकै उच्च
आइतबार प्रतितोला सुन १ लाख ५८ हजार ८०० रुपैयाँले कारोबार भएको सुनको मुल्य सोमबार ४ सय रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, असोज ७ : सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० सय रुपैयाँ कायम भएको हो।
आइतबार प्रतितोला सुन १ लाख ५८ हजार ८०० रुपैयाँले कारोबार भएको सुनको मुल्य सोमबार ४ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।
चाँदीको मूय स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:२१ बजे, सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












