Kathmandu Press

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड 

प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ। 
दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड 

काठमाडौं, असोज ७ : दुर्गा प्रसाईं काठमाडाैंमा पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ। 

प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ। 

यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल (पिडिएफ)का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनिहरुलाई निगरानीमा मात्र राखेको जनाएको छ।

प्रकाशित मिति: ११:१० बजे, सोमबार, असोज ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्