स्वर्णबाट चुकिन् एरिका गुरुङ
चीनमा जारी २०औं एसियन सिनियर कराते च्याम्पियपिसपको फाइलनमा भियतनामकी नाओन थि नुयेनसँग पराजित भएपछि एरिका स्वर्णबाट चुकेकी हुन्।काठमाडाैं, असाेज ६ : एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङ स्वर्ण पदकबाट चुकेकी छिन्।
चीनमा जारी २०औं एसियन सिनियर कराते च्याम्पियपिसपको फाइलनमा भियतनामकी नाओन थि नुयेनसँग पराजित भएपछि एरिका स्वर्णबाट चुकेकी हुन्।
६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन्।
तर, यो प्रतियोगितामा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी ऐतिहासिक रजत भने नेपाललाई दिलाइन्। एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो।
एरिका १९औं एसियन गेम्समा पनि एरिका स्वर्णबाट चुक्दै रजतमा सीमित भएकी थिइन्। एसियन गेम्सको फाइनलमा हारेकी खेलाडीलाई एरिकाले यो पटक क्वार्टरफाइलनमै हराएकी थिइन्।
प्रकाशित मिति: १७:२२ बजे, आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रताशनिबार, मंसिर ८, २०८१
ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौताशुक्रबार, मंसिर ७, २०८१
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१
क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समाबिहीबार, मंसिर ६, २०८१