Kathmandu Press

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो।
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

बैतडी असोज ६ : बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो। 

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो। 

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्