Kathmandu Press

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं, असोज ६ : यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ११.५८ अंकले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अंकमा रोकिएको छ।

आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूह ०.३१, होटल तथा पर्यटन ०.६१, उत्पादन तथा प्रशोधन ०.१९, लघुवित्त ०.१८ र म्युचुअल फन्ड ०.१० प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा बढी बैकिङ समूह १.०१ प्रतिशतले बढेको छ। विकास बैंक ०.६६, जलविद्युत् ०.३१, लगानी ०.६२ र जीवन बीमा समूह ०.२४ प्रतिशतले बढेको छ। त्यस्तै, निर्जीवन बीमा समूह ०.४७, व्यापार ०.०७ र अन्य समूह ०.४१ प्रतिशतले बढेको छ।

इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर सांगी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ८.६५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको २७ करोड ८० लाख २७ हजार सात सय १५ बराबरको शेयर खरिदबिक्री भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को छ लाख ४७ हजार दुई सय तीन कित्ता किनबेच भएको छ।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, असोज ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्