Kathmandu Press

भारतमा कोरोनाका १०,००० बिरामी, ३५८ को मृत्यु

काठमाडौं, वैशाख २ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ। मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।

भारतीय....

भारतमा कोरोनाका १०,००० बिरामी, ३५८ को मृत्यु

काठमाडौं, वैशाख २ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ। मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, गत २४ घन्टामा एक हजारभन्दा बढी बिरामी देखिएका छन्। मंगलबार बिहानसम्म १० हजार चार सय ५३ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि भारतमा बढ्दै गएको छ। मंगलबार बिहानसम्म तीन सय ५८ जनाको मृत्यु भएको छ। गत २४ घन्टामा २५ जनाको मृत्यु भएको छ।

Hardik ivf

भारतमा सबैभन्दा बढी महराष्ट्रमा कोरोनाको संक्रमण देखिएको छ। महराष्ट्रमा दुई हजार तीन सय ३४ जनामा कोरोना देखिएको छ भने एक सय ६७ जनाको मृत्यु भएको छ।

त्यसपछि दिल्ली रहेको छ। दिल्लीमा एक हजार पाँच सय १० जनामा कोरोना देखिएको छ भने २८ जनाको मृत्यु भएको छ।

नेपालसँग सीमा जोडिएका भारतका राज्यमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ। उत्तर प्रदेशमा पाँच सय ५८ जनामा कोरोना देखिएको छ भने पाँच जनाको मृत्यु भएको छ।

त्यस्तै, विहार र उत्तराखण्डमा पनि कोरोनाको संक्रमण बढ्दै गएको जनाएको छ।

भारतमा २१ दिन लकडाउन आज सकिँदै छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

भारतमा संक्रमण बढेसँगै त्यहाँ रहेका नेपालीलाई समस्या थपिदै गएको छ। सबैभन्दा बढी नेपाली भारतमै रहेका छन्।

 

प्रकाशित मिति: ०९:५२ बजे, मंगलबार, वैशाख २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्